११ असार २०८३ बिहीबार
image/svg+xml

रास्वपा महामन्त्रीमा सागर ढकालको उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन: न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थाहरूमा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ।

‘फिफा’ को निलम्बनपछि नेपाली फुटबल अन्योलमा

विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ।

रास्वपा खुल्ला केन्द्रीय सदस्यको मतपरिणाम: स्वर्णिम वाग्ले पहिलो, सोविता दोस्रो (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला श्रेणीको ३५ केन्द्रीय सदस्यका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ।

रुपन्देहीका १५ पालिकाले ल्याए साढे १८ अर्बभन्दा बढीको बजेट, कोटहीमाइ अझै बजेटविहीन

जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन्। तर कोटहीमाइ गाउँपालिकाले भने बुधबारसम्म बजेट ल्याउन सकेन।

सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन भइरहेको बताए ।

बजेट विवादले कर्णाली प्रदेशसभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न विवादका कारण कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ।

रास्वपा केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेलाई सर्वाधिक मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित विजयी भएका छन्।

लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै हस्तक्षेप र छेडखानी स्वीकार्य छैन: अमरेश सिंह

अमरेश सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप वा छेडखानी स्वीकार्य नहुने बताएका छन्।

रास्वपाको ९९ केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम घोषणा गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम घोषणाको तयारी गरिएको छ।

फिल्डमा पुगेर मन्त्रीले दिएको निर्देशन सचिवालयले उल्ट्यायो

मन्त्रीकै निर्देशनमा ठेक्का तोडिने प्रक्रिया अघि बढेर फाइल मन्त्रालयमा पुगेका बेला मन्त्रीकै ‘सचिवालयले’ पुरानै ठेकेदारलाई मौका दिने जानकारी सडक डिभिजन कार्यालयलाई दिएको छ ।

फुटपाथमा पार्किङ गर्ने प्रहरीकै गाडी कारबाहीमा

‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्ने दृष्टान्त प्रस्तुत गर्दै चितवन ट्राफिकले फुटपाथमाथि पार्किङ गर्ने प्रहरीकै गाडीलाई कारबाही गरेको छ।

सिद्धपोखरी पुनर्निर्माणमा जनश्रमदानको लर्को

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित सिद्धपोखरीको पेटी पुनर्निर्माण कार्यमा स्थानीयवासी, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागितासँगै जनश्रमदानको लर्को लागेको छ ।

शिक्षा मन्त्रालयले भन्यो- समयमै नतिजा प्रकाशन हुन सुशासनको सङ्केत

शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्