९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

दोस्रो क्वालिफायर: विराटनगरले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न टसमा विराटनगर किङ्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो।

विराटनगरको यो निर्णयसँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।

आजको खेल विजेता टोलीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। खेल आज अपरान्ह ४ बजेबाट सुरु हुँदैछ।

प्रकाशित: २५ मंसिर २०८२ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App