६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आशिष र इन्दिरालाई स्वर्ण

आयोजक नेपाल एपिएम प्रालि का आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोस्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।  

आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन्। भैंसेपाटीस्थित आयोजक एपिएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित गरे। एपिएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रूपमा तेस्रो भए। यो स्पर्धा ब्वाइज/गल्र्सलाई मिसाएर खेलाइएको थियो। शीर्ष तीन स्थान हात पार्नेले जिओमद्वारा प्रायोजित टेबल टेनिस खेल सामग्री प्राप्त गर्नेछन्। यु–१६ मा सहभागी ब्वाइज÷गल्र्स गरी जम्मा ३० खेलाडीलाई प्रतिस्पर्धाअघि ओलम्पिकको टेबल टेनिसमा स्वर्ण जितेकी याङ योङ जाले प्रशिक्षण दिएकी थिइन्। प्रशिक्षणमा सहभागीबीच नै प्रतिस्पर्धा गराइएको हो।

महिला भेट्रान ४० वर्षमाथि सिंगल्सको फाइनलमा इन्दिराले नेपालकै सम्झना पोखरेललाई ११–३, ११–३ र ११–३ को सोझो सेटमा हराइन्। नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुक तेस्रो बने। पुरुष ६० वर्षमाथि नेपालका रञ्जन सुब्बा पहिलो भए। उनले फाइनलमा दक्षिण कोरियाका नाम साङ वनलाई ३–११, ११–९, ११–७ र १४–१२ को सेटमा पाखा लगाए। नेपालका आनन्द धाख्वा र जगदीश्वर जोशीले तेस्रो स्थानमा चित्त बुझाए। प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। सबै स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेस्रोले १०-१० हजार नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: २ मंसिर २०७९ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App