१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ। शुक्रबार बंगलादेशको ढाकामा डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो। खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो।

सुशिला केसीले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ५४ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन्। त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो। तर, बंगलादेशक्की बीबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले बचाउ गरिन्।

बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो। र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि हासिल गरेको छ भने बंगलादेश ४ खेलमा ७ अंक जोडेदै उपविजेता बनेको छ।

प्रकाशित: २५ कार्तिक २०७९ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App