२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

संस्कृति क्वार्टरफाइनलमा

प्रत्युशा तुलाचनको चार अंक प्रेरणामा संस्कृति आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित गर्‍यो। डिफेन्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१–७ तथा रिब्सले ग्रिनफिल्डलाई ६–५ ले हराए। निम्सकी पिना लिम्बुले १३ तथा रिब्सकी नौसिका लिम्बुले ४ स्कोर गरे। सिनियर ब्वाइजमा विस्डमले माउन्ट ग्लोरीलाई २०–१६, पुष्पसदनले पिपुल्स एकेडेमीलाई ४३–३०, साबिक विजेता निम्सले नवीन ज्योतिलाई ५१–६ तथा ओसिसले विल्सनलाई ४७–२८ ले पन्छाए।

विस्डमका अजित बस्नेतले ८, पुष्पसदनका शिरीष शाक्यले २०, निम्सका आयुश खड्काले १२ तथा ओसिसका सुरेश रोकाले २८ अंक जोडे। जुनियर ब्वाइजमा सृजना ज्ञान सागरले ओसिसलाई ४–१ तथा ग्रिनफिल्डले लोकआदर्शलाई २०–८ ले पाखा लगाए।

प्रकाशित: २३ कार्तिक २०७९ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App