१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानलाई पहिलो सफलता

जारी ट्वान्टी-२० विश्वकपको सेमिफाइनल यात्रा तय गर्न जितको विकल्प नरहेको खेलमा पाकिस्तानले आइतबार पर्थमा नेदरल्यान्ड्सलाई ६ विकेट स्तब्ध बनाएको छ।

स्पिनर सादव खानप्रेरित पाकिस्तानले नेदरल्यान्डलाई स्तब्ध बनाउँदै जारी विश्वकपको तेस्रो खेलमा पहिलो सफलता प्राप्त गरेको हो। यो जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना जीवितै राखेको छ। पाकिस्तानले डच टोलीलाई ९१/९ मा रोक्यो र जबाफमा ३७ बल बाँकी छँदा नै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन जोडे। पहिलो खेलमा भारत र दोस्रो खेलमा जिम्बाब्वेसँग अप्रत्याशित हारपछि समूह दुईको पाकिस्तानमाथि दबाब थियो। तर, तेस्रो खेलमा बलरले जितका लागि महत्त्वपूर्ण भूमिका खेले।

सादवले ३/२२ र तीव्र गतिका बलर मोहम्मद वासिमले दुई विकेट लिँदै डच टोलीलाई सस्तैमा रोके। जुन मध्यम लक्ष्य पाकिस्तानले ३७ बलअगाडि पूरा गर्‍यो। लगातार तेस्रो हारसँगै डच टोलीको सेमिफाइनल सम्भावना समाप्त भएको छ। ‘बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन भयो। त्यसैले खुसी छौं,’ पाकिस्तानका कप्तान बाबर आजमले भने, ‘मेरो विचारमा हामीले योभन्दा राम्रो लक्ष्य पनि पूरा गर्न सक्थ्यौं। यो जितले थप आत्मविश्वास पलाउनेछ। आगामी खेल योभन्दा राम्रो गर्ने प्रयत्न हुनेछ।’  

यद्यपि, आजमका लागि पनि सुखद भएन। उनी चार रनमा नै रनआउट भए।

पाकिस्तानले छिट्टै पहिलो विकेट गुमाएपछि जिम्बाब्वेसँग १ सय ३० रनको लक्ष्य भेट्टाउन नसकेको घटना दोहोरिने हो कि भन्ने पाकिस्तानी समर्थकलाई चिन्ता थियो। रिजवानले सुरुदेखि आक्रामक ब्याटिङ गर्दै दबाब बनाइरहे। रिजवानले ३९ बलमा पाँच चौका हिर्काए। फखर जमानले २० रन जोड्दै उनलाई साथ दिए र पाकिस्तानले सहज जित निकाल्यो। पाकिस्तानी समर्थकले भरिएको रंगशालामा तीव्र गतिका बलर ब्रेन्डन ग्लोभरले दुई विकेट लिए पनि डच टोलीको हार टार्न सकेनन्। पाकिस्तानले सेमिफाइनल सम्भावना जारी राख्न आगामी बिहीबार दक्षिण अफ्रिकाविरुद्धको खेल पनि जित्नुपर्छ।

अन्तिम बलमा जित

जिम्बाब्वेमाथि अन्तिम बलमार्पmत रोमाञ्चक जित निकाल्दै बंगलादेश जारी विश्वकपमा लयमा फर्किएको छ। नजमुल सान्टुको अर्धशतक र तस्किन अहमदको तीन विकेट प्रेरणामा बंगलादेशले जिम्बाब्वेमाथि ३ रनको साँघुरो जित निकाल्दै सेमिफाइनल सम्भावना जीवन्त राखेको हो। सान्टुको ७१ रनको योगदानमा बंगलादेशले ब्रिसबेनमा १५०/७ रन खडा गर्‍यो। लगातार दोस्रो ऐतिहासिक जितका लागि जिम्बाब्वेलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो। तर, जिम्बाब्वेले १२ रन मात्र जोड्यो र बंगलादेशले रोमाञ्चक जित निकाल्यो।

प्रकाशित: १४ कार्तिक २०७९ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App