१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

फाइल तस्बिर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ। असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो।  

फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको छ। फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले उद्घाटन खेलमा मधेस प्रदेशलाई ७१–१३ ले पराजित गरेको थियो। फुलकोर्टमै त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० ले पराजित गरेको छ।  

थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित गरेको छ। थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १२–४ अंकले पराजित गरेको छ। रासस

प्रकाशित: ३१ आश्विन २०७९ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App