१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

घरेलु मैदानमा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

युईएफए च्याम्पियन्स लिग फूटबलमा स्पेनिस क्लब बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकेको छ।  

गए राति भएको समूह चरणको खेलमा घरेलु टोली बार्सिलोना र इन्टर मिलान ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकेको हो। दुवै टोलीले एकएक अंक बाँड्दा बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल र ओस्मान डेम्बेलेले एक गोल गरे। यस्तै मिलानका निकोला बरेल्ला, लाउटारो मार्टिनेज र रोविन गोसेन्सले एक एक गोल गरे।

खेलको ४० औं मिनेटमा उस्माने डेम्बेलेको गोलले घरेलु टोलीलाई पहिलो हाफमा अग्रता दिलाए। तर दोस्रो हाफको सुरुमै इन्टरले खेललाई आफ्नो पक्षमा फर्कायो।

दोस्रो हाफको ५० औं मिनेटमा बरेल्लाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। यस्तै ६३ र्आैं मिनेटमा लाउटारो मार्टिनेजले बार्सिलोनाको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरे।  

८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्र्दै खेललाई बराबरीमा फर्काए इन्टरको बेन्चबाट आएका रोबिन गोसेन्सले ८९औं मिनेटमा गोल गर्दै पुनः इन्टरलाई तीन अंकको नजिक पुर्याए। इन्जुरी समयमा लेवान्डोस्कीको उत्कृष्ट हेडरले बार्सिलोनालाई पुन बराबरीमा ल्याए।  

अन्तिम १६ मा पुग्न बार्सिलोनाको झिनो आशा भने कायमै छ। त्यसको लागि बार्सिलोनाले बाँकी सबै खेल जित्नैपर्ने र भिक्टोरिया प्लजेन वा बायर्नलाई हराएमा मात्र पनि क्वालिफाई गर्नेछ।

उसलाई बायर्न म्युनिख र भिक्टोरिया प्लेजनलाई हराएर मात्र पुग्दैन इन्टर मिलानले दुवै खेल हारेमा मात्र उ सुरक्षित हुनेछ।

प्रकाशित: २७ आश्विन २०७९ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App