२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा बागमती माथि सशस्त्रको जित

सशस्त्र विरुद्ध ब्याटिङ गर्दै बागमति। तस्बिरः उमेश पुन/नागरिक

मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ।  

एकसमय १७÷३ दयनीय अवस्थामा रहेको सशस्त्र प्रहरीलाई मध्यक्रममा रोमा थापा र ममता चौधरीले ३२ रनको साझेदारी निभाउँदै जितको सम्भावना बलियो बनाएका थिए। ८९ रनको लक्ष्य पछ्याएको सशस्त्रले ओपनर ज्योति पाण्डेलाई एक रनलाई गुमाउन पुग्यो। अर्की ओपनर सीता राना मगरले प्रतियोगिताकै पहिलो छक्का हिर्काउँदै १० बलमा १६ रन बनाउँदै राम्रो शुरुवात गरिन्। उनले दुई चौका समेत हिर्काईन्। तेस्रो विकेटको रुपमा सरिता मगर शून्यमै आउट भएपछि क्रिजमा छिरेकी इन्दु बर्मा पनि लामो समय क्रिजमा टिक्न सकिनन्। उनी रनआउट आउटको शिकार हुदैं पभेलियन फर्किएपछि इनिङ्सलाई रोमा थापा र ममता चौधरीले सम्हालेका थिए।  

रोमाले ३५ बल खेल्दै १ चौकासहित २२ रनमा आउट भईन्। चौधरीले २७ बल खेल्दै १७ रनको योगदान गरिन्। नेरी थापा अविजित १६ रन बनाउँदै शसस्त्रलाई जितको हकदार बनाईन्। नेरीले १८ बलमा १६ बनाउदाँ एक चौका सामेल रह्यो।  

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबारको खेलमा टस हारेर व्याटिङमा उत्रिएको बागमती प्रदेश  ७ विकेटको क्षतिमा ८९ रनको स्कोर खडा गर्यो। सुमन खतिवडा र अश्मिना कर्माचार्यले समान १९÷१९ को योगदानमा बागमतीले शसस्त्रलाईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।  

ओपनर व्याटरद्वय अस्मिता खरेल र कन्चन श्रेष्ठ सस्तैमा आउट भएपछि बागमती दबावमा परेको थियो। खरेल ६ र श्रेष्ठ ३ रनमा आउट हुन पुगिन्। सुमन खतिवडाले १९ रन बनाई खेल्ने क्रममा नेरी थापाको बलमा एलबीडब्लुको धरापमा परिन्। उनले २० बल खेल्दै २ चौकासहित १९ रनको योगदान गरिन्।  

चौथो विकेटको रुपमा क्रिज छिरेकी विन्दा कटवाल ७ रनमै रनआउट हुदाँ आरती विडारी पनि ७ रनमै बोल्ड भईन्। छैटौ नम्बरमा आएकी अस्मिना कर्माचार्यले ३६ बल खेल्दै १९ रन बनाईन। हेलिशा गुरुङ ५ रनमा आउट हुदाँ अनिशा माझकोटी १ रनमै रनआउट हुदाँ बागमतीले सबै विकेटको क्षतिमा ८९ रनमा समेटिएको थियो। शसस्त्रका रेखा रावल,नेरी थापा र इन्दु बर्माले समान १÷१ विकेट लिए ।खेलमा नेरी थापा प्लयेर अफ दि म्याच घोषित भईन्।  

प्रकाशित: २५ आश्विन २०७९ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App