महिला क्रिकेटमा नेपाल प्रहरीले पोखरा क्रिकेट मैदानमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत डेब्यु गर्यो। डेब्युमै फराकिलो जित निकाल्दा पानीले प्रभावित बनायो। वर्षाले प्रभावित बनाएको खेलमा नेपाल प्रहरीले कर्णाली प्रदेशमाथि डिएल नियमानुसार ६३ रनको जित निकाल्यो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार विहान भएको खेलमा टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको पारीमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो। काजल श्रेष्ठ र कविता कुँवरको ओपनिङ जोडीले ३३ रनको साझेदारी निभाउँदै राम्रो शुरुवात गरे। दुवैले १६/१६ रनको योगदान दिए। कविता कुँवर पहिलो विकेटको रुपमा पुलिसले गुमाउँदा उनले १४ बलमा ३ चौकासहित १६ रन बनाएकी थिईन्। उनी अन्जु गुरुङको बलमा बोल्ड भईन्।
तेस्रो नम्बरमा आएकी सम्झना खड्काले उत्कृष्ट खेलिन्। यद्यपी दोस्रो विकेटको लागि केवल १३ रनको मात्रै साझेदारी हुन पुग्यो। अन्जु गुरुङकै बलमा काजल श्रेष्ठ किरण कुँवरको हातबाट क्याचआउट भईन्। उनले १६ बलमै २ चौका सहित १६ रन बनाएकी थिईन्। सम्झना खड्काले २५ रन बनाउने क्रममा २१ बल खेल्दै २ चौका हिर्काउँदै कर्णालीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन महत्वपूर्ण भूमिका खेलिन्।
रेवती धामीले १४, कविता जैसीले ८ रन बनाईन्। कप्तान रुबीना क्षत्री ९ रनमा अविजित रहिन्। कर्णालीकी अन्जुले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिईन्। १११ रनको लक्ष्य पछ्याएको कर्णालीले १०.२ ओभर खेलिरहँदा पानी परेपछि डिएल नियमानुसार नेपाल प्रहरीले जितको आत्मसात गर्यो। कर्णाली १७ रन बनाउने क्रममा ७ विकेट खसेपछि जितको सम्भावना कमजोर भईसकेको अवस्थामा पानी परेको थियो। खेलमा सम्झना प्लयेर अफ दि म्याच घोषित भईन्। अर्कोखेल लुम्बिनी र प्रदेश नं १ बीचको खेल लगातार वर्षाले पीच एवं आउटफिल्ड ओसिलो भएपछि रद्द हुन पुगेको छ।
ह्याण्डबलः आर्मीका दुवै टोलीको जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ। गण्डकी प्रदेशले मधेश प्रदेशलाई ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो। गण्डकीको लागि चन्द्र केसीले सर्वाधिक १० गोल हिर्काए। मधेशको लागि अम्बर चौधरी थारुले ५ गोलको योगदान गरे।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषत ह्याण्डबलको दोस्रो खेलमा विभागीय क्लब आर्मीले सहज जित निकालेको छ। समूह ‘ए’ को आर्मीले बागमती प्रदेश माथि ४३–८ को सहज जित निकालेको हो। आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ गोल हिर्काए। बागमतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरेका थिए। पुरुष तर्फकै तेस्रो खेलमा शसस्त्र प्रहरीले लुम्बिनीलाई ३६–१३ को स्कोरमा पराजित गरेको छ। शसस्त्र प्रहरी बलका लागि सन्दीप कार्कीले ९ गोल गरे। लुम्बिनीका लागि शरण थापाले ९ गोल गरेका थिए।
महिला तर्फको प्रतिस्पर्धामा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई २६–४ को फराकिलो गोल अन्तरले पराजित गरेको छ। प्रदेश १ की उज्वल राईले सर्वाधिक ९ गोल गरेकी थिईन्। अर्को खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ४६–२ को गोल अन्तरले पराजित गर्दै सहज जित आत्मसात गर्यो। आर्मीका लागि शान्तिकला राईले व्यक्तिगत १४ स्कोर गरिन्।
फेन्सिङ शुरु
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन्। नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ। राउण्ड रोविनका खेलहरु सञ्चालन भईरहेका छन्। ईपी,फोयल र फाबेर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धा हुने छ। आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो।
ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए। उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे। प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे।
प्रकाशित: २४ आश्विन २०७९ १६:२० सोमबार