मेनछेन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ।
दशैंका अवसरमा दक्षिण कोरियाको दाङजिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायद्वारा स्थापित रइला गाइजको आयोजना सम्पन्न प्रतियोगितामा मेनछेन एफसीले सुनसङलाई २-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो। मेनछनका प्रनिल लामा र अमिर लिम्बुले गरेका थिए। सुनसङबाट भीष्म लावतीले गोल फर्काएका थिए। सर्वाधिक गोलकर्ताका मदन खड्का, उत्कृष्ट गोलकिपर हेमराज गुरुङ र उत्कृष्ट खेलाडी शिशिर लिम्बु चयन भएको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए।
प्रतियोगिताको विजेताले १० लाख वन र उपविजेताले पाँच लाख वन नगद पुरस्कार प्राप्त गरे।
प्रकाशित: १६ आश्विन २०७९ ०३:४९ आइतबार