१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सन्जित र सन्जिव सम्मानित

डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जिव तामाङ र सन्जितकुमार राई शनिबार सम्मानित भएका छन्। मनमैजुस्थित उमा कुङ्फु स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदनप्रदान गर्न आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा, उमा कुङ्फुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङ्फु स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जन लगायतले उनीहरूलाई प्रशंसापत्र र खादा प्रदान गरी सम्मान गरे। सो अवसरमा मेयर महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिता दिएर योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म सम्पन्न प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा ८.३ अंक जोड्दै सन्जिवले स्वर्ण जितेका थिए। उनले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि कांस्य हात परेका थिए।

त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य जितेका थिए। सोही अवसरमा पहिलो डान प्राप्त गर्न सफल मनीष पुटुवार, सिओन सुनुवार र निराजन मोक्तानलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। उनीहरूको ग्रेडिङ नेपाल उमा कुङ्फु संघका सहायक प्रमुख प्रशिक्षक उद्धव थापामगरले सञ्चालन गरेका थिए।

प्रकाशित: १६ आश्विन २०७९ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App