५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

खुल्ला म्याराथनमा जुम्लाका कुँवर र हाफ महिला म्याराथनमा ताप्लेजुङकी समपाल्मुले जिते उपाधि

खुल्ला म्याराथन विजेता क्रमशः दायाँबाट कुँवर, भाट र मेयोङबो तथा तथा हाफ महिला म्याराथनका विजेता दाँयाबाट समपाल्मु, छन्वीमाया र पेम्बाल्हामु।

ताप्लेजुङमा सञ्चालन भएको खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन्। महिला हाफ म्याराथनको उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितिन्।

कुँवरले सदरमुकाम फुङलिङदेखि करिब ३ हजार ८ सय मिटर उचाइको पाथीभरा मन्दिर पुगेर फेरी सदरमुकामसम्म फर्कने गरी तोकिएको दुरी ४ घण्टा १२ मिनेट २७ सेकेण्डमा पूरा गरे। तातोपानी गाउँपालिका वडा नं ७ स्थायी घर भई कर्णाली स्पोर्टिङ क्लबमा आवद्ध कुँवरले यसअघि ६२ किलोमिटर दुरीको रुकुम म्याराथन जितिसकेका छन् भने ५० किमी दुरीको जुम्ला म्याराथनमा भने दोस्रो भएका थिए।

सोही दुरी डोटीको शिखर नगरपालिका घर भइ नेपाल आर्मीको गजुरी धादिङस्थित शिवदल गणमा आवद्ध खगेन्द्रबहादुर भाटले ४ घण्टा १२ मिनेट ५७ सेकेण्डमा पूरा गरे। पाँचथरको फिदिम नगरपालिका वडा नं ११ घर भइ पाँचथरस्थित रणशेर गणमा आवद्ध नपाली सेनाका राजन मेयोङबाले ४ घण्टा १२ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै खुल्लातर्फ तेस्रो भए।

उता, सदरमुका फुङ्लिङदेखि काफ्लेपाटीसम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा गर्दै समपाल्मु प्रथम भइन्। राष्ट्रिय खेलकुदका लागि एथलेटिक्स विधामा सहभागीता जनाएर प्रादेशिक खेलबाट प्रथम भएकी समपाल्मुले राष्ट्रिय खेलमा डेब्यु गर्ने मौका सुरक्षित गरेपछि दोस्रो सफलता पाएकी छन्।

भोजपुरकी छेन्वीमाया राईले ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै महिला हाफ म्याराथनतर्फ दोस्रोस्थान सुरक्षित गर्दा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङकी पेम्बाल्हामु शेर्पाले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दुरी पार गरिन्।

प्रकाशित: १३ आश्विन २०७९ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App