१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एन्फा सदस्यमा रुपेश र दीपेन्द्र निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन्। बुधबार त्रिपुरेश्वरमा जारी एन्फाको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन्।

ऐन्फा सदस्यमा निर्वाचित मध्ये निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका रुपेश र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका दीपेन्द्र विजयी भएका हुन्। दीपेन्द्रले ४७ मत प्राप्त गरे भने रुपेशले ५४ मत प्राप्त गरे। सदस्यकै प्रत्यासी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे।

असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन। दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ। यसअघि असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्का, चार उपाध्यक्षहरु– दीर्घ बहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा र दावा लामा निर्वाचित भएका थिए।

यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए। खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टिका लामा, अनिल मल्ल, रबिन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, भरत बुड थापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए।

प्रकाशित: १२ आश्विन २०७९ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App