१६ चैत्र २०८० शुक्रबार
खेल

डिएभीलाई उपाधि

फाइल तस्बिर

चौथो सुशील केडिया मेमोरियल अन्तरस्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिएभी स्कुलले जितेको छ।

ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डिएभीले मोडर्न इन्डियन स्कुललाई ५ विकेटले पराजित ग¥यो। पहिले ब्याटिङ गर्दै मोडर्न इन्डियनले दिएको १ सय ६ रनको लक्ष्य डिएभीले २ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो। डिएभीको जितमा आयुष झाले अविजित रहँदै ४२ रन बनाए भने आदर्श अग्रवालले २५ रनको योगदान दिए।

मोडर्न इन्डियनका मृत्युञ्जय पलले ४९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। प्रतियोगिताको उत्कृष्ट खेलाडी मोडर्न इन्डियन स्कुलका आयुष जैसवाल घोषित भए।

यस्तै उत्कृष्ट ब्याट्सम्यान इन्डियन स्कुलकै मृत्युञ्जय पल तथा उत्कृष्ट बलर डिएभीका आयुष जैसवाल घोषित भए। प्रतियोगितामा डिएभी, मोडर्न इन्डियनसंगै बर्नहार्ट कलेज र ब्लु बर्ड स्कुल सहभागी थिए।  

प्रकाशित: ६ आश्विन २०७९ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App