१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बेलारूसलाई फुटबल गतिविधिबाट अलग गर्न माग

युरो कप २०२४ को आयोजक जर्मनीको आन्तरिक मामिला मन्त्रालयकी प्रवक्ता नान्सी फइसले युइएफएसँग युक्रेनमाथि हमला गरिरहेको रूसलाई सहयोग गरिरहेको बेलारूसलाई पनि अलग्याउन माग गरेकी छन्।

युइएफएका प्रमुख एलेक्सान्डर सेफ्रिनलाई लेखिएको चिठीमा जर्मनीको आन्तरिक मामिला मन्त्रालयकी प्रवक्ता नान्सीले रूसमाथि प्रतिबन्ध र युक्रेनविरुद्ध हमला गर्न सहयोग गरिरहेको बेलारूसलाई पनि फुटबल गतिविधिबाट टाढा राख्न माग गरेकी हुन्। विभिन्न अध्ययन र रिपोर्टका आधारमा युक्रेनमाथि रूसले हमला गरेको विषयलाई उठान गर्दै रूसलाई सहयोग गर्ने बेलारूसलाई फुटबल गतिविधिबाट बाहिर राख्न माग गरिएको छ। युक्रेनमाथि बारम्बार आक्रमण गरिरहेको रूसलाई युरोपको फुटबल निकालयले बाहिर राखिसकेको छ। नान्सीले रूसलाई मात्र नभई बेलारूसलाई पनि प्रतिबन्ध गर्नुपर्ने वक्तव्य दिएकी हुन्।

‘अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गरेको रूसलाई मात्र हैन सहयोग गरेको देशलाई पनि प्रतिबन्ध लगाउनुपर्छ। साथै रूसका शीर्ष नेतृत्वमा रहेका विभिन्न अधिकारीहरूलाई पनि फुटबल गतिविधिमा सामेल गर्नु हुँदैन,’ प्रवक्ता नान्सीले भनेकी छिन्, ‘संसारमा खेल भावना अनुसार सबै जना सबैप्रति उत्तरदायी हुनैपर्ने प्रावधान रहेको छ। अन्यायविरुद्ध सबै एकजुट हुँदै ऐक्यबद्धता जनाउनु खेलको भावना र मर्म हो।’ १७औं संस्करणको युरो कप प्रतियोगिता २४ जुन २०२४ बाट आयोजना हुँदै छ। २४ टोलीले सहभागिता जनाउने प्रतियोगिता जर्मनीका विभिन्न १० सहरमा आयोजना हुँदै छ।  

प्रकाशित: १ आश्विन २०७९ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App