१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

अग्रज खेलपत्रकार जयदेव र गीता सम्मानित

 नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा सोमबार एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् ।

मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ। सोहीअनुरूप २७औं स्थापना दिवस मनाउने क्रममा मञ्चले समान एक जना अग्रज र युवा खेलपत्रकारलाई सम्मान गर्‍यो।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे। जयदेवलाई नगद २५ हजार रूपैयाँ र युवा पत्रकार गीतालाई एक थान ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिब तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्दै पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताए।  

युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको र साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिइन्। सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रशंसा गरे।

साथै उनले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम् रहेको उल्लेख गर्दै मन्चको २७औं स्थापना दिवसका अवसरमा सबै खेलपत्रकारलाई शुभकामना व्यक्त गरे। मञ्चका अध्यक्ष सुवेदीले पनि स्थापना दिवसका अवसर सबै खेलपत्रकारलाई शुभकामना व्यक्त गरे।  

प्रकाशित: २८ भाद्र २०७९ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App