१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० मा आज ४ खेल हुँदै

फाइल तस्बिर।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० प्रतियोगिता आजबाट शुरु हुँदैछ। आज पहिलो ४ वटा खेल हुँदैछन्।  

जसमध्ये दुई खेल कीर्तिपुर र दुई खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछन्। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने अगाडि नै गर्न लागिएको हो। टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ। खेल बिहान ९ः१५ बजे शुरु हुनेछ। टियुमै हुने दोस्रो खेलमा वागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ।  

दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गर्न चाहन्छन्। यस्तै मुलपानी मैदानमा हुने पहिलो खेलमा मधेस प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ। मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन्। प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ।

प्रकाशित: २३ भाद्र २०७९ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App