७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आईसीसी पुरुष टी–२० विश्वक ट्रफी नेपालमा

अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वक ट्रफी नेपाल आइपुगेको छ। आइसीसी ट्रफी टुर अन्तर्गत टी-२० विश्वकप ट्रफी नेपाल ल्याइएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै महाप्रबन्धक वृतान्त खनालले विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी दिए। मंगलबार बेलुकी हायत प्यालेसमा ट्रफी प्रदर्शन गरिने र गाला डिनर गरिने वृतान्तले बताएका छन्।

उनले भने, 'भोलिबाट ट्रफी टुर सुरु हुन्छ। भोलि बिहान साढे ७ बजे ट्रफीलाई लिएर गोक्यो ताल र कालापत्थर जान्छौँ। मिल्यो भने राष्ट्रपतिसँग पनि अवलोकन गराउँछौँ।’ साथै बुधबार दिउँसो भक्तपुर दरबार स्क्वारमा पनि ट्रफी लैजाने वृतान्तले बताए। नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वार लैजान लागेको उनले बताए।

ट्रफी टुरमा नेपालका पूर्व खेलाडी महेबुब आलम सहभागी हुनेछन्। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो।  यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो। टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको हो।

विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने छ। विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ। विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो।

प्रकाशित: १३ भाद्र २०७९ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App