२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

एकै प्रकृतिका खेललाई एक हुन निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एकै प्रकृतिका खेललाई छिटै एक हुन निर्देशन दिएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस केन्द्रमा तेक्वान्दो रेफ्री प्रशिक्षणको समापन कार्यक्रममा आइतबार राखेप सदस्यसचिव घिसिङले सो धारणा राखेका हुन्। तेक्वान्दोमा पनि समानान्तर रूपमा दुई संघ छन्। घिसिङले एकै प्रकृतिका ती संघलाई एक हुन निर्देशन दिँदै उक्त भनाइ राखेका हुन्।

‘एकै प्रकृितका खेलका दुई खेल संघहरू धेरै छन्। विगतमा किन दुई संघ भए, त्यसको जबाफ संघमा रहेका नेतृत्वले दिनुपर्छ,’ सदस्यसचिव घिसिङले भने, ‘विभिन्न कारणले एकै खेलका दुई संघ रहेकालाई एक हुन मेरो सुझाव छ। मेरो कार्यकालमा अनावश्यक रूपमा दुई संघको अस्तित्व रहने छैन।’ आइतबार पाँचौं राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय ग्योरोगी रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ।

उक्त सेमिनार तथा कोर्समा विभिन्न जिल्लाका गरी करिब कुल एक सय ३५ जना सहभागी थिए। प्रशिक्षण पूरा गरेका रेफ्रीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव घिसिङले प्रमाणपत्र प्रदान गरे। राखेपकै बोर्ड सदस्य एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाले विश्वमा नै तेक्वान्दो एकीकरणको अभियानमा रहेको भन्दै नेपालमा एकै प्रकृतिको तेक्वान्दोलाई एक बनाउनुपर्ने र त्यसका लागि राखेप अगाडि बढिसकेको बताए।  

प्रकाशित: ६ भाद्र २०७९ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App