१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

तेक्वान्दोको रेफ्री सेमिनार सुरु

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरो गी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ।

कार्यक्रमको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस केन्द्रमा तीन दिनसम्म चल्ने कार्यक्रममा १ सय ३५ सहभागी छन्। आयोजक संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राखेपका सदस्य सम्राट कुसारी, संघका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुव गुरुङ, संघका महासचिव राजकुमार कार्की लगायतको उपस्थिति थियो। लुम्बिनी, कर्णाली, सुदूर पश्चिम र गण्डकी प्रदेशको बाँकेमा उक्त कार्यक्रम भदौ १० देखि १२ गतेसम्म हुनेछ। त्यस्तै प्रदेश १ र मधेश प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ।

प्रकाशित: ४ भाद्र २०७९ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App