१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालका लागि जुडोकी खत्रीले दिलाइन् दोस्रो स्वर्ण

जुडोकी फुपुल्हामु खत्रीले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी छन्। जारी सागमा नेपालले जितेको यो दोस्रो स्वर्ण पदक हो। सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियमको इन्डोर हलमा फुपुले महिला ६३ केजी तौल समूहबाट स्वर्ण जितिन्।उनले अन्तिम फाइट भारतीय सुनीवाला देवीलाई हराउँदै स्वर्ण हत्याएकी हुन्। राउन्ड रोबिनमा भएको प्रतिस्पर्धामा उनले श्रीलंका, बंगलादशे र पाकिस्तानलाई हराएकी थिइन्। जुडोमा बिहानको खेलसम्म फुपुबाहेक ममता प्रधान र लीला अधिकारीले रजत पदक जितेका छन्। सातौं मद्रास साफका जुडोले ३–३ स्वर्ण र रजत तथा २ कांस्य पदक जितेको थियो। स्वर्ण जित्नेमा रमेश बस्नेत, वीरबहादुर राना र जितबहादुर चौधरी थिए।

१०औं सागमा देबु थापा र रञ्जु राईले रजत पदक तथा ११ औं देवु थापा, राधादेवी राई, राजन जोशी र दीपककृष्ण श्रेष्ठले कांस्य पदक जितेका थिए। जारी साग खेलकुद ११ दिनमा चलिरहँदा नेपालका लागि यसअघि उसुकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन् ।

प्रकाशित: ३ फाल्गुन २०७२ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App