१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

बक्सिङमा तीन कांस्य

सिलोङ- १२ औं दक्षिण एसियाली खेलकुदको बक्सिङमा नेपालले आइतबार तीनवटा कास्य पदक जितेको छ। बक्सिङको दोस्रो दिन पदक जित्नेमा मिनु गुरुङ, दीपक गुरुङ र सरस्वती राना छन्।

महिला ४८–५१ केजी तौल समूहमा फाइनल पुग्ने अपेक्षा गरिएकी मिनुले कास्य पदकमा चित्त बुझाइन्। श्रीलंकाकी अनुसा लिरुक्सीसँग अंकका आधारमा पराजित भएपछि मिनुको फाइनल पुग्ने सपना अधुरो रह्यो। मिनुले पाकिस्तानी बानु खुसिहिमलाई हराएर सेमिफाइनलमा आफ्नो स्थान बनाएकी थिइन्।

यस्तै पुरुष ६४ केजीका दीपक श्रेष्ठ पनि श्रीलडकाका दिनिदु सपरामान्डुसंग अंककै आधारमा पराजित हुंदै कांस्य पदकमा रोकिए। दीपकले अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई हराएर सेमिफाइनल तय गरेका थिए।

सरस्वतीले ६० केजी मुनिको तौल समूहमा सेमिफाइनलमा पराजित भइन्। भारतकी सरिता देवीसँग पराजित भएपछि सरस्वतीले पनि कांस्य पदकमै सिमित हुनु पर्योह। बक्सिङतर्फ नेपालका ७ पुरुष र ३ महिलाले भाग लिएका छन्।

प्रकाशित: २ फाल्गुन २०७२ २२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App