पदक आशा गरिएकी युवा खेलाडी ज्ञानी चुनारा ५७ केजीमुनिको फाइनलमा अफगानिस्तानी हुमारा फैसल साहासँग थोरै अंक अन्तरले पराजित भइन्। सुरुदेखि नै भिडेकी ज्ञानी १०–७ अंक अन्तरले हारिन्।
उनले सेमिफाइनलमा भारतकी एस रामचिर्येलाई हराएकी थिइन्। ज्ञानीले पहिलो बाउटमा पाकिस्तानी नुसरत विविविरुद्ध विजय पाएका थिए।
त्यस्तै पुरुष ५८ केजीमुनि पहिलो खेलमा बाइ पाएर सेमिफाइनलमा पुगेका सुनील पौडेल भारतका गजेन्दर परिहारसँग पराजित हुँदै कांस्यमा सीमित भए। सेमिफाइनलमा पराजित हुने अर्का नेपाली खेलाडी थिए निश्चलमान श्रेष्ठ। उनी ७४ केजीमुनि सेमिफाइनलमा मनु जियोर्जीसँग १६–६ अंक अन्तरले पराजित भएर कांस्य पदकमै चित्त बुझाए।
८७ केजी माथिको तौल समूहमा प्रेमबहादुर बुढाथोकीले पनि पहिलो बाउटनै गुमाए। उनी श्रीलंकन पियुम सन्जिवासँग पराजित भएका थिए।
तेक्वान्दोको दोस्रो दिनसम्म स्वर्ण जित्न नसकेको नेपालले तेक्वान्दोबाट तीन रजत र दुई कांस्य पदकमात्र थापेको छ। पहिलो दिन रेजिना कार्कीले रजत र रामहरि महतले कांस्य पदक जितेका थिए।
सोमबार अन्तिम दिन ११ औं सागकी स्वर्णधारी आयशा शाक्यले ६२ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन्। साथै महिला ५३ केजीमुनि निमा गुरुङ तथा पुरुष ८० केजीमुनि सक्षम कार्की र ६३ केजीमुनि वीरबहादुर महराले प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: २ फाल्गुन २०७२ २२:०० आइतबार