१६ चैत्र २०८० शुक्रबार
खेल

कराते खेलाडीको बिदाइ

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सोमबार विराटनगरमा बिदाइ गरिएको छ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्यान्ड ओपन कराते डो च्याम्पियनसिप’ मा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गरेका हुन्। कञ्चनबारी कराते एकेडेमीले आयोजना गरेको बिदाइ कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरू प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर बिदाइ गरे। 

खेलकुदले समाज परिवर्तन गर्न महर्‍वपूर्ण भूमिका खेल्ने बताउँदै, मेयर कोइरालाले भने, ‘खेलकुदबाट राष्ट्रको नाम र इज्जत फैलाउन सकिन्छ। खेलकुदका माध्यमबाट समाज परिवर्तन गर्दै युवाहरूलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन सकिन्छ तर खेल प्रतिस्पर्धा अझ पनि सोचेअनुरूपको व्यावसायिक बन्न सकेको छैन ।’

 कञ्चनबारी कराते एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिएका थिए। थाइल्यान्डमा अगस्ट १९ देखि २३ तारिखसम्म प्रतियोगिता हुने भएको छ। 

प्रकाशित: ३१ श्रावण २०७९ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App