१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

चन्दलाई आइसिसी लङ सर्भिस अवार्ड

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द आइसिसी लङ सर्भिस अवार्डबाट सम्मानित भएका छन्। इङ्ल्यान्डको बर्मिङ्घममा भएको आइसिसीको बैठकमा आइसिसीले क्यानका अध्यक्ष चन्दलाई उक्त अवार्ड प्रदान गरेको हो।

क्रिकेटमा लामो समयदेखि योगदान पुर्‍याएबापत आइसिसीले आफ्नो वार्षिक साधारणसभामा विश्वभरका विभिन्न देशका क्रिकेटकर्मीलाई सम्मान गरेको थियो।

क्यानका अध्यक्ष चन्द पनि करिब २५ वर्षदेखि नेपाली क्रिकेटमा काम गरिरहेका छन्। उनी वि.सं. २०५५ सालमा बैतडी जिल्ला क्रिकेटका संस्थापक अध्यक्ष पनि हुन्। त्यसपछि उनी वि.सं. २०६० क्यानको केन्द्रीय सदस्य भए। त्यसको तीन वर्षपछि नै उनी क्यानका उपाध्यक्षमा चयन भएका थिए। वि.सं. २०७१ सालमा पहिलो पटक क्यानको निर्वाचित भएका थिए। नेपाली क्रिकेटको विकास र प्रतिबद्धताको कारण चन्दलाई यस पटक आइसिसीले आइसिसी लङ सर्भिस अवार्ड प्रदान गर्‍यो।

आइसिसीको साधारणसभामा कुल १ सय ७ देशका प्रतिनिधि सहभागी छन्। जहाँ क्रिकेटमा लामो समय योगदान पुर्‍याएका चन्दसहित विश्वभरका १८ क्रिकेटकर्मीलाई अवार्ड प्रदान गरिएको थियो। आइसिसीका उपाध्यक्षले इमरान ख्वाजाले चन्दलाई उक्त अवार्ड प्रदान गरे। चन्दले आफ्नो योगदानप्रति आइसिसीले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यो सम्पूर्ण नेपालीको सफलता भएको प्रतिक्रिया दिए। उक्त साधारण सभाका लागि क्यानका अध्यक्ष चन्द र सचिव प्रशान्त मल्ल सहभागी छन्। साधारणसभा मंगलबार भएको थियो।  

प्रकाशित: ११ श्रावण २०७९ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App