६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

खेलाडीको मानसिक स्वास्थ्य

ओलम्पिकका चार स्वर्ण पदक, यो उपलब्धिका कारण अमेरिकी जिम्न्यास्टिक सुपर स्टार सिमोनी बाइल्सको विश्व खेलकुद क्षेत्रमा एउटा छुट्टै पहिचान छ। टोकियो ओलम्पिकमा उनीबाट धेरै अपेक्षा गरे पनि उनले सफलता भने हात पार्न सकिनन्।

मानसिक स्वास्थ्य समस्याका कारण खेलमा केन्द्रित हुन नसकेको सिमोनीले उल्लेख गरेकी थिइन्। अन्य खेलाडीका लागि आफ्नो मानसिक स्वास्थ्यका बारेमा खुलेरै बोल्न सक्ने वातावरण उनले बनाइदिइन्। बाइल्सको सो घोषणापछि फ्रान्सका फुटबल हस्ती थिएरी अनरी र आइरिस रग्बी खेलाडी किथ अल्र्स पनि आफ्नो खेलजीवन दौरान मानसिक समस्याबाट गुज्रिएको भन्दै खुला रूपमा सञ्चार माध्यममा आएका थिए। गत वर्ष मेको अन्त्यमा चार पटककी ग्रान्ड स्लाम विजेता जापानकी नाओमी ओसाकाले पनि आफ्नो मानसिक स्वास्थ्यका बारेमा खुलेरै कुरा राखिन्। त्यस क्रममा ओसाकाले मानसिक स्वास्थ्यमा समस्या रहेको भन्दै पत्रकार सम्मेलन नै बहिस्कार गरिन्।

खेलकुद यस्तो क्षेत्र हो, जहाँ एउटा खेलाडीको सफलतालाई मात्र प्राथमिकतामा राखिन्छ। त्यो खेलाडी कुन मानसिक स्थितिबाट गुज्रिरहेको छ भन्ने कसैले पनि ध्यान दिएको हुँदैन। तर, पछिल्ला समय खेलाडीले आफ्नो मानसिक स्वास्थ्य समस्याबारे खुलेरै सार्वजनिक गर्न थालेका छन्।

जसको कारण उनले जरीवानासमेत तिर्नुपर्‍यो र उनीमाथि सामाजिक सञ्जालमार्पmत कयौं आक्रामण पनि भए। अनरी, मैदानभित्र र बाहिर कमै मात्र विवादमा आउने पूर्वखेलाडी तथा प्रशिक्षक हुन्। जब उनले आफ्नो मानसिक स्वास्थ्यका बारेमा सार्वजनिक गरे, सबै आश्चर्यमा परे। ‘सार्वजनिक रूपमै रुन असम्भव थियो, अनरीले मार्चमा एल इक्युपे दैनिकलाई दिएको अन्तर्वार्ताका क्रममा भनेका थिए, आफ्नो कमजोरी देखाउन हामीलाई छुट थिएन। मलाई यति मात्र भनिन्थ्यो, अनरी नरोउ, नरोउ, नरोउ! म एकान्तमा रुन्थे,’ उनले भने, ‘तर सार्वजनिक रूपमा भने ममा कुनै समस्या छैन भन्दै हिँड्थें। अहिले मात्र म मेरो मानसिक स्वास्थ्य अवस्थाका बारेमा खुलेर बताउँन सक्छु।’

विगत र अहिलेको स्थितिमा धेरै फरक छ। ‘खेलाडीहरू खुला रूपमै आफ्नो मानसिक स्वास्थ्यबारे कुराकानी गर्न सक्ने भैसकेका छन्। दुई दशकअघि खेलाडीलाई मानसिक परामर्श दिने भन्ने अवधारणा नै थिएन,’बोर्डक्स विश्वविद्यालयका खेलकुद मनोपरामर्शका अध्ययनकर्ता जर्ज डेसच्याम्पसले भने, ‘अहिले खेलाडी आफैँ आफ्नो मानसिक स्वास्थ्य अवस्थाका बारेमा खुलेर बोल्ने भैसके। उनीहरू मनोपरामर्श दाताको प्रत्यक्ष निगरानीमा हुन्छन्। एउटा खेलाडी मानसिक रूपमा पूर्ण तयार छैन भने त्यो खेलाडीबाट कुनै सफलताको अपेक्षा राख्नु गलत हो।’

इङल्यान्ड टेस्ट क्रिकेट टोलीका कप्तान बेन स्टोक्सले पनि मानसिक रूपमा पूर्ण फिट नभएको भन्दै यस खेलबाट अलग हुने घोषणासमेत गरेका थिए। उनले चार महिनाको विश्रामपछि मात्र सक्रिय खेलजीवनमा पुनरागमन गरेका हुन्। ‘म कठिन समयबाट गुज्रिरहेको थिएँ,’उनले मेमा भनेका थिए,‘मैले संसार नै अन्धकार देख्न थालेको थिएँ। तर, म अहिले पूर्ण रूपमा फिट छु।’ खेलकुद यस्तो क्षेत्र हो, जहाँ एउटा खेलाडीको सफलतालाई मात्र प्राथमिकतामा राखिन्छ।

त्यो खेलाडी कुन मानसिक स्थितिबाट गुज्रिरहेको छ भन्ने कसैले पनि ध्यान दिएको हुँदैन। डेसच्याम्पसले भने सो कुरामा सत्यता रहेको बताउँछन्। जसले आफ्नो कमजोरी सार्वजनिक गर्छ, उसैलाई अपराधीका रूपमा उभ्याइन्छ। यी घटना अहिलेको समाज भइरहेका छन्। आफ्ना खेलाडी मानसिक रूपमा फिट रहुँन् भन्दै अमेरिकी महिला फुटबल लिगमा गत फेब्रुअरीबाट ६ महिनाको मानसिक स्वास्थ्य बिदाको सुविधा ल्याएको थियो। जसमा खेलाडीको तलब तथा अन्य सुविधा कायम राखिएको छ। जसको विश्वभरबाट स्वागत भएको थियो।

प्रकाशित: २९ असार २०७९ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App