२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नाडालका लागि चोट नै चुनौती

राफाइल नाडालका लागि शुक्रबार निक किर्गाेसविरुद्धको विम्बल्डन सेमिफाइनलसम्म चोटमुक्त हुँदै कोर्टमा फर्कनु नै चुनौती बनेको छ। यता नोभाक जोकोभिच भने लगातार चौथो पटक विम्बल्डनको उपाधि खोजीमा छन्। जसका लागि जोकोभिच र किर्गाेस सम्भावित फाइनलका प्रतिस्पर्धी हुन्।

किर्गाेसले तेस्रो चरणमा स्टेफानोस सिटसिपासलाई हराउँदै २२ पटकका ग्रान्ड स्लाम विजेता नाडालसँगको सम्भावित भेट पक्का गरेका थिए। किर्गाेसले बुधबार क्वार्टरफाइनलमा बिनावरीयताका केलियन क्रिस्टियन गारिनलाई हराएका थिए। उनको यो पहिलो ग्रान्ड स्लाम सेमिफाइनल हो।

तर नाडालका लागि भने कथा भिन्नै छ। ११औं वरीयताका टेलर फिट्जमाथिको क्वार्टर फाइनलमा जित निकाल्न नाडालले पाँच सेटसम्म खेल्नुपरेको थियो। यस क्रममा उनी घाइते भएका थिए। उनको पेटमन समस्या देखिएको छ।

दोस्रो सेटमा उपचारकै लागि विश्राम लिन बाध्य भएपछि नाडालले क्वार्टरफाइनल नै पूरा  गर्छन् वा गर्दैनन् भन्ने दुबिधा थियो। तर उनी कोर्टमा फर्कदै जित निकाल्न सफल भए। उनले जितका लागि ४ घण्टा २१ मिनेट खर्चिएका थिए।

उनी चोटकै बीच सेमिफाइनलमा कोर्टमा फर्कन्छन् वा फर्कंदैनन दुबिधा नै छ। २००८ र २०१० का विम्बल्डन च्याम्पियन नाडाल स्वयम् आफ्नो सेमिफाइनल सहभागितामै ढुक्क छैनन्। उनी कीर्तिमानी २३औं ग्रान्ड स्लामको खोजीमा छन्। समान २० ग्रान्ड स्लामसहित जोकोभिच र रोजर फेडेररले उनलाई पछ्याइरहेका छन्।

‘म मेरो सेमिफाइनल सहभागिताबारे स्पष्ट जबाफ दिन सक्ने अवस्थामा छैन। अहिले नै केही बताउँदा भोलि त्यसो नहुन पन सक्छ,’ नाडालले भने, ‘म झुटो साबित हुन पनि सक्छु।’ नाडालले किर्गाेससँगको ९ मध्ये ६ भेटमा जित निकालेका छन्।

सन् २०१४ मा किर्गाेसले आफ्नो विम्बल्डनको डेब्युमै नाडाललाई क्वार्टरफाइनलमा हराएका थिए। सन् २०१९ मा भने नाडालले किर्गाेससँग बदला लिएका थिए। २७ वर्षे किर्गाेसले भने नाडालविरुद्धको सेमिफाइनल भेट आफ्ना लागि अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण भेट हुने बताए।

‘हामीले यसअघि पनि सेन्टर कोर्टमा भेट गरिसकेका छौं,’ उनले भने, ‘मैले एक खेल जितेको छु भने नाडालले एक खेल जितेका छन्। पक्कै पनि हामीलाई एक अर्काको क्षमता थाहा छ। म उनलाई सम्मान गर्छु।’ जोकोभिचले मंगलबार दुई सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै १०औं वरीयताका यानिक सिनरलाई हराएका थिए। उनले सेमिफाइनलमा बेलायतका क्यामरुन नोरीको सामना गर्नेछन्।

प्रकाशित: २४ असार २०७९ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App