१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

जुडोका ६ खेलाडी छानिए

काठमाडौं- भारतमा माघ-फागुनमा हुने १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबार जुडोका ६ खेलाडी छनोट भएका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट आ–आफ्नो तौलसमूहमा पहिलो भएका ३–३ पुरुष/महिला गरी ६ खेलाडी छनोट भएका हुन्। सागमा जुडोबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन्। बाँकी खेलाडीको टुंगो आइतबार लाग्नेछ।

पुरुषतर्फ ६६ केजीमुनि काठमाडौंका रमेश मगर पहिलो भए। उनले फाइनलमा नुवाकोटका रामभक्त तामाङलाई पराजित गरेका थिए। ८१ केजीमुनि आर्मीका पवनकुमार श्रेष्ठले नेपाल पुलिसका राजबहादुर चन्दलाई हराउँदै पहिलो भए। १०० केजीमुनि कुनै प्रतिद्वन्द्वी नभेटेका आर्मीका शिवबहादुर बराम स्वतः छानिए।

महिलातर्फ ५२ केजीमुनि आर्मीकी लीला अधिकारी पहिलो भइन्। लीलाले फाइनलमा काठमाडौंकी कविता नेपालीलाई हराइन्। ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्री विजेता भइन्। उनले फाइनलमा प्रहरीकी निशा चौधरीलाई हराइन्। ७८ केजीमुनि एपिएफ क्लबकी पुनम श्रेष्ठले बाँकेकी कुर्समा राइदासलाई पन्छाएर स्थान पक्का गरिन्।

प्रतियोगितामा ६५ पुरुष र ३४ महिला गरी ९९ खेलाडीले विभिन्न १२ तौलमा प्रतिस्पर्धा गरेको आयोजक नेपाल जुडो संघका कोषाध्यक्ष विपिन श्रेष्ठले जनाएका छन्।

प्रकाशित: १९ मंसिर २०७२ २२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App