२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नुवाकोटे टाइगर नयाँ च्याम्पियन

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेका हुन्। अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए।

उपाधिसँगै नुवाकोटेले एक लाख २५ हजार नगद पुरस्कार पाए। झापाको केरखास्थित सहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकबीच भएको प्रतियोगिताको हार्डकोरमा भने डेविडले सफलता पाए।

डेविडले उसु पृष्ठभूमि भएका खेलाडी चट्टानलाई हराए। यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, वैशाखी र लाठीसमेत प्रयोग गरिएको थियो। डेविडले एक लाख रूपैयाँ नगद पुरस्कार जिते।

७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडर म्यान्सलाई पाखा लगाउँदै ७५ हजार नगद पुरस्कार हात पारे।

मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार रूपैयाँ नगद पुरस्कार जिते। महिलामा आकृतिले तनुलाई पाखा लगाउँदै सफलता हात पारिन्। तनुले ७० हजार नगद पुरस्कार जितिन्। लाइट वेटमा सुजल रिलामीले सिजे वल्र्डलाई पाखा लगाए।

सुजलले ६० हजार नगद पुरस्कार पाए। विजेतालाई नेकपा एमाले प्रदेश–१ कमिटीका इन्चार्ज देवराज घिमिरे , मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र एकेडेमीकी उपमहासचिव समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

कोरोना भाइरस(कोभिड–१९) का कारण पहिलोपटक लकडाउन भएयता नेपाल रिङ रेस्लिङ संघको सक्रियतामा भएको यो नवौं प्रतियोगिता हो। यसअघि दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, वसन्तपुर डबली, बूढानीलकण्ठ, शिवपुरी र पोखरामा रेस्लिङ प्रतियोगिता भएको थियो।नुवाकोटमा दुईपटक रेस्लिङ भइसकेको छ।

प्रकाशित: १९ असार २०७९ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App