२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरामा साइकल दौड शनिबार

असारको ४ गते शनिबार पोखरामा ४२ किलोमिटरको साइकल दौड आयोजना गरिँदै छ। 

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला साइक्लिङ संघ र साइकल सिटी पोखराको सहयोग एवं व्यवस्थापनमा राष्ट्रिय स्तरको महिला तथा पुरुष साइकल दौड आयोजना गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ। ४२ किलोमिटर साइकल दौडका लागि संघले साइकल सिटी पोखरासँगको सहकार्यमा रुट समेत अध्ययन गरी महानगर खेलकुद विकास समितिलाई प्रस्तुत गरिसकेको छ।

पोखरामा संघकै आयोजनामा कोरोनाको प्रभावअघि पोखरा आइभी आयोजना गरिएको थियो। यसमा स्वदेशी तथा विदेशी खेलाडीको सहभागिता रहेको थियो। महानगर खेलकुदको आयोजनामा हुने साइक्लिङ रेस पहिलो हो भने महानगरको यो चौथो प्रतियोगिता हो।

महानगरले यसअघि ब्याडमिन्टन, टेबल टेनिस र भलिबल प्रतियोगिता (मेयर कप) आयोजना गरेको थियो। साइकल दौड पोखरा–१९ अर्मलाको जोईमुरेबाट सुरु हुनेछ। रुट जोईमुरेबाट र्‍यालेचौर भलाम हुँदै मौजाबाट अर्मलाकोट झर्नेछ।

अर्मलाकोटबाट झरेर घार्मीको डाँडो उक्लिएर ४२ किलोमिटरको दूरी तय गर्ने साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए। उनका अनुसार रुट उकाली ओराली छ। बजार क्षेत्रमा सवारी साधनको चापले समस्या हुँदा रुट ग्रामीण क्षेत्रमा बनाइएको उनले बताए। उनका अनुसार साइक्लिङका लागि उपयुक्त बनाइएको छ। सहभागीको बिमा गरिएको छ।

प्रकाशित: ३ असार २०७९ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App