१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आयोजक कोटेश्वरलाई उपाधि

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। पाँच स्वर्ण, दुई रजत र पाँच कांस्यका साथ कोटेश्वर टोली च्याम्पियन बन्यो। कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजना भएको प्रतियोगितामा बाँके दोस्रो भयो।

बाँकेले चार स्वर्ण, दुई रजत र दुई कांस्य हात पार्‍यो। चार स्वर्ण, एक रजत र तीन कांस्यका साथ चन्द्रागिरिले तेस्रो स्थानमा चित्त बुझायो। शीर्ष स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा चाँदनीका समीर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा मगर उत्कृष्ट खेलाडी घोषित भए। पुम्सेको पुरुषमा बागलुङका लभसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्ट चारैले जनही पाँच हजार रूपैयाँ नगद पुरस्कार पाए।

विजेतालाई काठमाडौं महानगरपालिका वडा–३२ का अध्यक्ष नवराज पराजुली र प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो। आयोजकका अनुसार २२ जिल्लाका ६ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App