१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

तेक्वान्दो प्रतियोगिता शनिबारदेखि

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न २२ जिल्लाका ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक समेत रहेका नेपाली तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्।

ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा छन्। पुम्सेमा विभिन्न उमेरसमूहमा पुरुष/महिलामा ३–३ गरी ६ एकल स्पर्धा समावेश छन्।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ग्योरोगी र पुम्सेमा उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार दिइनेछ। दुईदिने प्रतियोगिताका खेल पेप्सीकोलास्थित आयोजक डोजाङको आफ्नै हलमा खेलाइनेछ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App