१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रौतहट फुटबल संघमा नयाँ नेतृत्व

रौतहट जिल्ला फुटबल संघमा नयाँ नेतृत्व आएको छ। संघको छैटौँ वार्षिक साधारण सभाले भगवान दर्लामीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।

रौतहट जिल्ला फुटबल संघको उपाध्यक्षमा सुमनकुमार कार्की, भोजराज घिमिरे र महेश चौधरी चयन भएका छन्। संघको महासचिवमा मधुसुधन धिताल तथा कोषाध्यक्षमा सुबोध गिरी चयन भएका छन्।

संघको सदस्यमा संजयकुमार कार्की, नेपाल कार्की, देबबहादुर दर्लामी मगर, राजकुमार दर्लामी मगर, देवराज कार्की, श्यामलाल ठोकर, प्रेमकुमार श्रेष्ठ, ललिताकुमारी, बसद्धि बहादुर सुवेदी, प्रकाश चौधरी, मनोज चौधरी, सुमन तिमल्सिना र हरेन्द्र चौधरी पनि चयन भएका छन्।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तपेश्वर राउत, प्रदेश सदस्य बाबुराम दाहालसमेतको उपस्थितिका भएको कार्यक्रममा वक्ताहरुले फुटबल खेलको विकासमा स्थानीय तहले अपेक्षित ध्यान दिन नसकेको गुनासो गरेका छन्।

नेपालको फुटबलको क्षेत्रमा रौतहटको निक्कै उच्च स्थान रहेको कारणले धेरै जिल्लादेखि केन्द्रसम्मको नजर रौतहटको फुटबल गतिविधिमा केन्द्रित रहने गरेको बताउँदै वक्ताहरुले नयाँ कार्य समितिले रौतहटको फुटबल खेलको उचाइ अझ बढाउनु पर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ७ वैशाख २०७९ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App