१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

गणेशमान कराते मंगलबारदेखि

गणेशमान फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार वीर गणेशमान फाउन्डेसन र नेपाल सितोरियो कराते डो संघ शाखा डोजो सतुङ्गलको संयुक्त आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा सातवटै प्रदेश, तीनवटा विभागीय टोली गरी १० टोलीको सहभागिता रहने रहनेछ।

पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजीमुनि, ८४ केजीमाथि, एकल काता र टिम काता गरी ९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछन्। महिलातर्फ भने ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६७ केजीमुनि, ६८ केजीमाथि, एकल काता र टिम काता गरी सात स्वर्णमा चुनौती प्रस्तुत गर्नेछन्।

कुल १६ स्वर्ण पदकका निम्ति प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रूपैया खर्च हुने आयोजकले जनाएको छ। दुई दिने प्रतियोगिता काठमाडौँ सतुङ्गलस्थित डिवी पार्टी भेन्युमा सञ्चालन हुनेछ।

प्रकाशित: १४ चैत्र २०७८ ०१:४२ सोमबार

नेपाल सितोरियो कराते संघ गणेशमान फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिता वीर गणेशमान फाउन्डेसन