७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

गण्डकी प्रदेश पुरुष हक्की टिम विराटनगरमा

विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली सोमबार प्रस्थान गरेको छ।  

१६ सदस्यीय टोलीमा पवन परियार, पिताम्बर थापा, अशिम ठकुरी, सुजन मगर, सुरज बोहोरा, रोहन लामा, सानु लामा, आशिष जिसी, कुन्जन थापामगर, सागर परियार, विशाल कुमाल, गगन केसी, अमृत गुरुङ, सुजन विक, शिशिर केसी, हेमन पाईजा रहेका छन्। प्रशिक्षकमा राजन नेपाली र व्यवस्थापक श्रीप्रसाद पुन रहेको कास्की जिल्ला हक्की संघका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए।  

विराटनगरमा यही चैत ८ गतदेखि प्रतियोगिता शुरु हुदैं छ। पहिलो प्रतियोगितामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो। दोस्रो संस्करणमा भने दोस्रो भएको थियो।

प्रकाशित: ७ चैत्र २०७८ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App