१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

११२ औँ नारी दिवसमा मैत्रीपूर्ण फुटबल

कर्मचारी मिलन केन्द्रको आयोजना र नेपाली सेनाको समन्वयमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसमा अवसरमा मैत्रीपूर्ण फुटबलको खेलको आयोजना गरेको छ। मैत्रीपूर्ण फुटबल खेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारीको टिमले भाग लिएका छन्।  

पहिलो दिन भएको खेलमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरेको थियो। नेपाल निजामति कर्मचारी टिमले नेपाली सेनालाई पनि शून्यका विरुद्ध दुई गोल गरेर हराएको हो।  

पहिलो खेल नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच भएकोमा सशस्त्र प्रहरीका विनोद रावलले खेल शुरु भएको ३४ मिनेटमा गोल गरेर खाता खोलेका थिए। खेल शुरु भएको ५४ औँ मिनेटमा उनले अर्को गोल थपेर जीत सुनिश्चित गरे। नन्दाबक्स गण र नेपाल निजामति कर्मचारी बीच भएको दोस्रो खेलमा खेल शुरु भएको १७ मिनेटमा सुनिल थापामगरले पहिलो गोल गरेका थिए। रविन शाहीले ३७ मिनेटमा अर्को गोल थपेर आफ्नो टीमलाई जिताएका हुन्।

नेपाल प्रहरीका धनबहादुर विक र सशस्त्र प्रहरीका रामेन्द्र चौधरीले एलो कार्ड पाएका थिए। खेलमा महिला कर्मचारीले समेत भाग लिएका थिए। फाइनल खेल मंगलबार विहान सशस्त्र प्रहरी र नेपाल निजामति कर्मचारी बीच हुने नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए।  

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले रेफ्रिलाई बल दिएर  मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन गरेकी थिइन्। सादोबाटो योङ स्टार क्लबका कोच मदन बुढ्थापाले रेफ्री गरिरहेका छन्। फुटबल खेलाडी रविन भण्डारी र जीवन बुढ्थापा लाइन्स म्यानको भूमिकामा छन्।  

खेल निकै रोचक र मैत्रीपूर्ण भइरहेको स्थानीयले बताएका छन्। पहिलो र दोस्रो हुने टीमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको गणपति थापाले जानकारी दिए। ११२ औँ महिला दिवसमा अवसरमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत एक/एक महिला कर्मचारीलाई सम्मान पत्रले सम्मान गर्ने कार्यक्रम रहेको समेत उनले बताए।

प्रकाशित: २३ फाल्गुन २०७८ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App