६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गोँधुली रनिङ कपमा वडा १६ र १३ क्वार्टरफाइनल प्रवेश

२२ औं संस्करणको गोँधुली टुबोर्ग फुटबल रनिङ कपको क्वार्टर फाइनल समिकरण पुरा भएको छ।

बिहीबार धरान १६ स्थित रंगशालामा सम्पन्न खेलमा जित हात पार्दै धरानको वडा नं १६ र वडा नं १३ क्वाटर फाइनल प्रवेश गरेसँगै क्वार्टरफाइनलको समीकरण पूरा भएको हो।

पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ७ लाई ४–० गोल अन्तरले हरायो। वडा १६ को जितमा सरोज लकान्द्रीले २ गोल गरे भने प्रदीप लिम्बू र जलान तुम्बापोले एक एक गोल गरे। खेलको म्यान अफ द म्याच १६ नं. वडाका जमिन लिम्बू घोषित हुँदै नगद १५ सय पुरस्कार हात पारे।

दोस्रो खेलमा वडा नं १३ ले वडानं ६ लाई सडनडेथमा हरायो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि दुवै टिमको ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथबाट छिनोफानो भएको हो। सडन डेथमा वडा नं १३ का विवेक राईले गोल गर्दा वडा नं ६ का नबिन विश्वकर्मा चुकेका थिए।

निर्धारित समयको खेलमा वडा नं ६ वडाका समिर लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर खेल सकिन ३ मिनेट बाँकी रहदा वडा नं १३ का अशोक कटवालले बराबरी गोल गरेका थिए। टाइब्रेकरमा वडा नं ६ का अजय बिष्ट, गोविन्द्र कार्की, समिर लिम्बू र अर्जुन लिम्बूले गोल गरेका थिए भने अमित योञ्जनको प्रहार वडा १३ का गोलकिपरले असफल बनाए। यस्तै, वडा १३ का विवेक राई, मिलन लिम्बू, अकोश कटवाल र मन्दिप राईले टाइब्रेकरमा गोल गरे भने निश्चल श्रेष्ठको प्रहार वडा ६ का गोल किपरले रोकेका थिए।

प्रतियोगितामा यसअघि धरानको वडा नं. १५, १४, १९, ८, १८ र ११ क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन्। क्वाटर फाइनलको४ वटै खेल शुक्रबार हुनेछ आयोजक गोँधुली क्लबले जनाएको छ। पहिलो क्वाटर फाइनल खेलवडा १४ र १५ बीच विहान ८ बजे हुनेछ भने दोस्रो खेलमा वडा नं. ८ र १८ बीच बिहान ११ बजे, तेस्रो खेलमा वडा नं. १६ र १९ बीच दिउँसो १ बजे हुनेछ।

अन्तिम खेलमा वडा नं. १३ र ११ बीच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ।

प्रकाशित: २९ पुस २०७८ १४:१३ बिहीबार

रंगशाला