२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण

गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङद्वारा पुनलाई रिकर्भ बो सेट हस्तान्तरण गर्दै। तस्बिर नागरिक

गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ। बेलायत बस्दै आएको प्रदेशका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा आर्चरीको खेल सामाग्री हस्तान्तरण गरिएको हो। तुलाचनले बिहीबार आफनो जन्मदिनको अवसरमा सहयोग गरेको कास्की जिल्ला आर्चरी संघले जनाएको छ। हस्तान्तरण गरिएको रिकर्भ बो सेट एक लाख रुपैयाँ बराबरको हो।  

खेल सामाग्रीलाई गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले च्याम्पियन बनेका पुनलाई हस्तान्तरण गरेका हुन्। कास्की जिल्ला आर्चरी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पहिलो पटक गण्डकी प्रदेशस्तरीय आर्चरीको स्टाण्डर्ड ३० मिटरको प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा म्याग्दीका सुजन पुनले ¥याङकिङ राउण्डमा २७७ स्कोरसहित शीर्ष स्थानमा रहेका थिए। उनले नकाउट चरणमा सबैलाई पराजित गर्दै अन्तत च्याम्पियन बनेका हुन्।  

रिकर्भ बो सेट प्राप्त गरेपछि पुनले आफुलाई आर्चरीप्रति थप हौसला र प्रेरणा मिलेको बताए। राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धा आगामी लक्ष्य रहेको सुनाउँदै सबैको सहयोगबाटै यो स्थितिसम्म आईपुगेको बताए। उनले सहयोगा दाता कृष्ण तुचालनप्रति हार्दिक आभार समेत प्रकट गरे। गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडीलाई खेल सामाग्री सहयोगले नयाँ उर्जा थपिने विश्वास व्यक्त गरे। कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले पुराना आर्चरी खेलाडीको सहयोगबाट नयाँ युवालाई आर्चरीप्रति प्रोत्साहित गरेको बताए।  

प्रकाशित: २९ पुस २०७८ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App