७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

भ्याली पब्लिक र जेभियर फाइनलमा

आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज आइतबार प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित गर्‍यो। भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५/१५ अंक योगदान गरे। 

खेल सकिन ५६ सेकेन्ड बाँकी छँदासम्म दुवै टोली ४५–४५ को बराबरी स्थितिमा थिए। भ्याली पब्लिकले पहिलो क्वार्टरमा ६–५ को अग्रता लियो। दोस्रोमा साइपालले ११–१० को अग्रता बनाउँदै खेललाई १६–१६ को बराबरी स्थितिमा पुर्‍यायो।

तेस्रोमा भ्याली पब्लिकले १९–१३ को प्रदर्शन गर्‍यो। चौथोमा साइपाल १७–१४ ले अगाडि रहे पनि जित हात पार्न सकेन। 

अर्को सेमिफाइनलमा आभास गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो। चार क्वार्टरमध्ये जेभियरले तीन क्वार्टरको नतिजा आफ्नो पक्षमा पार्‍यो। जेभियरले क्रमशः १२–७, ११–१२, १८–८ र ११–७ स्कोर गर्‍यो। फाइनल सोमबार हुनेछ।

प्रकाशित: २६ पुस २०७८ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App