२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

उदयपुर लिग फुटबल फ्युजनले जित्यो

गाईघाटमा आयोजित ‘उदयपुर जिल्ला लिग फुटबल प्रतियोगिता ०७८’ को म्याच उपाधि फ्युजन फुटबल क्लब त्रियु्गा नगरपालिका १० बोक्सेले जितेको छ। शनिबार दिउँसो सम्पन्न सातौँ चरणको अन्तिम खेलसहित १८ अंक हात पारेर फ्युजन क्लब विजयी हुन सफल भएको हो।

शनिबार गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा भएको अन्तिम खेलमा प्mयुजनले बेलटार एकता युवा क्लव चौदण्डीगढीलाई ४–१ को गोलान्तरले पराजित गरी थप अंक बटुल्दै विजयी भएको हो। उपविजेता बन्न सफल नवप्रभात क्लब गाईघाटले १६ अंक बटुलेको छ। उता शनिबारै उदयपुृर सिमेन्ट उद्योग लिमिटेड जलजलेको खेलमैदानमा सम्पन्न अर्को स्पर्धा जितेको लालीगुराँस नव क्लब भागलपुरको अंक १४ पुगेर तेस्रो भएको छ।

अन्तिम खेलमा लालीगुराँससँग १–० ले पराजित भएको फुटबल क्लब बगाहाको जम्मा अंक १३ पुगेको छ। बेलटार एकता युवा क्लब १० अंक जोड्न सफल भयो भने फुटबल क्लब बगाहा ७ अंकमा सीमित हुन पुगेको छ। पुस १० देखि सुरु भएर २४ गतेसम्म सञ्चालित लिगमा बगाहा युवा समूह र मेधावी युवा क्लब भने अभागी खेल समूहमा दरिएका छन्। क्रमशः माईनस ३१ र माईनस २१ जिडी हासिल गरेका उनीहरुमध्ये बगाहाले ३ अंक पायो भने मेधावी खेल अवधिभर अंकरहित ह्ुन पुग्यो।

लिग प्रतियोगितामा बिभिन्न ५ वटा विधागत पुरस्कार पनि वितरण गरिएको छ। विधागत विजेता खेलाडीहरुमा फ्युजनका गोविन्द कार्की उत्कृष्ट गोलरक्षक घोषित भए भने उत्कृष्ट रक्षकको उपाधि पनि फ्युजनकै गोपाल लिम्बुले पाए । 

त्यस्तै उत्कृष्ट मध्यपंति खेलाडीको उपाधि लालीगुराँसका अरुण राई घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधि नवप्रभातका आशिस थारुले पाए भने सर्वोत्कृष्ट खेलाडी गाईघाट फुटबल क्लबका प्रताप राई घोषित भएका छन्।

प्रकाशित: २५ पुस २०७८ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App