६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

जिल्लास्तरीय ब्याडमिन्टन हुँदै

विराटनगरमा ‘प्रथम मकरजंग तुम्रोक स्मृति ब्याडमिन्टन’ प्रतियोगिता हुने भएको छ। विराट ब्याडमिन्टन क्लबले पछिल्लो समय कोरोना भाइरसका कराण बन्द रहेको खेलकुद गतिविधिलाई चलायमान बनाउने र ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यका साथ जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ। बुधबार विराटनगरमा क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाको तयारी र उद्देश्यबारे क्लबका अध्यक्ष समशेर राईले बताए।

‘ब्याडमिन्टन खेलको प्रचारप्रसार गर्दै सबैलाई यस खेलप्रति आकर्षित गर्नका लागि पहिलो पटक जिल्लास्तरीय प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष राईले भने, ‘जिल्ला स्तरीयपछि प्रदेश र राष्ट्रिय स्तरसम्मको प्रतियोगिता आयोजना गर्ने सोचका साथ क्लब अघि बढेको छ।’ अरु खेलका प्रतियोगिता भइ रहे पनि ब्याडमिन्टन खेलको खासै प्रतियोगिता नहुने भएकाले पनि खेलको विकास गर्नका लागि क्लबले प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए।

क्लबकै आफ्नो कभर्ड हलमा पुस ९ र १० गते दुई दिने प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा जिल्लाका १२ वटा क्लबका १ सय बढी खेलाडीले मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको मेन्स डबलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ तथा भेट्रान्स ४५ वर्षमाथिको विजेताले नगद २० हजार, उपविजेताले नगद १२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन्।

खेलको मुख्य प्रायोजक रहेका अर्जुन तुम्रोक, दुर्गाप्रसाद तुम्रोक र ताराकुमार तुम्रोकले आफ्नो बुवाको स्मृतीमा प्रतियोगिता आयोजना गरेको अध्यक्ष राईले जानकारी दिए। प्रतियोगिता आयोजना गर्न ३ लाख ५० हजार अनुमानित खर्च रहेको बताइएको छ।

प्रकाशित: ७ पुस २०७८ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App