१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

भैरहवा यु- १९ महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं- भैरहवा लगातार तेस्रो खेल जित्दै वाइवाइ यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार बिहान भएको खेलमा भैरहवाले कञ्चनपुरलाई ८ विकेटले पराजित गर्‍यो।
 
निर्मला चन्दको ३३ र बिन्दु रावलको ३१ रनमा टस हारेको कञ्चनपुरले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाइ ९८ रन बनायो। भैरहवाका कप्तान इन्दु बर्मा, आरती कोइराला र प्रविना खड्काले १/१ विकेट लिए। पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा इन्दुले अविजित ४६ र साधना गौतमले १४ रन बनाएपछि भैरहवाले ११.५ ओभरमानै लक्ष्य पूरा गर्‍यो।
 
खेलको उत्कृष्ट खेलाडीमा चुनिएकी इन्दुले ३४ वल खेली ८ चौका प्रहार गरिन्। कञ्चनपुरकी विमला भट्टले १ विकेट लिइन्। भैरहवा गत वर्षको उपविजेता हो। प्रतियोगिताको पछिल्लो संस्करणमा भैरहवा विराटनगरसँग फाइनलमा पराजित भएको थियो।

प्रकाशित: १ मंसिर २०७१ ००:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App