१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यान कार्यसमिति निलम्बन

काठमाडौं-युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) को वर्तमान कार्यसमितिलाई निलम्वन गरेको छ। मन्त्रालयका सह-सचिव एवं प्रवक्ता चुडामणी पौडेलले सरकारले अघिल्लो बिहिबार गरेको निर्णय बमोजिम बर्तमान समितिलाई निलम्बन गरेको जनाए।


निलम्बन पछि बनाइएको क्याननको तदर्थ समितिका पदाधिकारीहरुले आज आफ्नो पदभार ग्रहण गरेका छन्। तदर्थ समितिको अध्यक्षमा विनयराज पाण्डे, उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेस सिलवाल रहेका छन्। उनिहरुले आज पदभार ग्रहग गरेका हुन्।
मन्त्रालयले नयाँ तदर्थ समितिलाई १ बर्ष भित्रमा जिल्ला, क्षेत्र र केन्द्रमा चुनाव गराउन निर्देशन दिएको छ।

प्रकाशित: २८ कार्तिक २०७१ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App