२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तर विद्यालयस्तरीय फुटबल

विराटनगरमा ‘प्रथम जिल्लास्तरीय अन्तर विद्यालय मिल्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ। ‘अनुशासित र स्वस्थ रहन, खेलकुदको प्रवद्र्धन गरौं, देश र समाजको विकास गर्न, भविष्यका कर्णधारहरुको बलियो जग निर्माण गरौं’ भन्ने मूल नाराका साथ विराटनगर–१५ स्थित फार्क क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको हो।

क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो। क्लबका अध्यक्ष धनकुमार तामाङले विद्यालय स्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले भने, ‘सानै उमेरबाट खेलप्रति मोह जगाउँदै एउटा खेलकुदका माध्यमबाट एउटा सुन्दर समाज निर्माण हुने विश्वासका साथ प्रतियोगिता आयोजना गरेका हौं।’

प्रतियोगिता मंसिर २५ देखि पुस ४ गतेसम्म विराटनगरस्थित जुट मिलको खेल मैदानमा आयोजना हुने भएको छ। प्रतियोगितामा जिल्लाका प्याब्सन आवद्ध १६ वटा निजी विद्यालयको सहभागिता रहेको तामाङले जानकारी दिए। विराटनगरको गोदाबरी, एजेलिया, मोर्डनऐरा, अपर्ण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपिएस, गोतमबुद्ध, एभरेष्ट रहेका छन्।

विराटनगर बाहिरका सनरे, पूर्वाञ्चल एकेडेमी, जेभियर, युनिक र जनक मेमोरिया स्कुले सहभागिता जनाएका छन्।

प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी र प्रमाणपत्र पाउने छन्। त्यसैगरी व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, अनुशासित टिम, सर्वाधिक गोलकर्ता, डिफेन्स, मिड फिल्ड, फर्वाड र तेस्रो स्थान हुने टोलीलेसमेत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेल गोदाबरी र एजेलिया तथा दोस्रो खेल जनक मेमोरियल र जेभियर स्कुलबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: २४ मंसिर २०७८ १३:०३ शुक्रबार

फुटबल