खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य राखेर सुनसरीको गढी गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता मंसिर २५ देखि हुने भएको छ। प्रतियोगिता पुस ३ गतेसम्म चल्नेछ।
गढी गाउँपालिकको आयोजनामा हुन लागेको प्रतियोगितामा विजेता टोलीलाई नगद ७१ हजार प्रदान गरिनेछ। यस्तै, उपविजेता टोलीलाई ५१ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जाकारी दिइयो। खेलमा प्रत्येक विधामा उत्कृष्ट हुनेलाई जनही एक हजार रूपैयाँ प्रदान गरिनेछ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल सात लाख रूपैयाँ बजेट छुट्याइएको छ। प्रतियोगितामा छवटा वडाका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। फुटबल प्रतियोगिता युथ फर प्लानिङ एन्ड एक्सन क्लब गढीको संयोजनमा हुन लागेको हो।
प्रकाशित: २३ मंसिर २०७८ ०२:०४ बिहीबार