२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

आईटिएफ विश्व टेनिस टुर जुनियर ५ः डबल्स तर्फ नेपालीको उत्कृष्ट प्रदर्शन

नेपालकी महिला शीर्ष बरियताकी सलोनी तामाङले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै च्याम्पियन बन्ने लक्ष्यमा उभिएकी छन्।  

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत बिहीबार तामाङले भारतीय खेलाडी तनुश्री पाण्डेलाई सोझो सेटमा पन्छाइन्। पहिलो सेटमा ६–३ले आफनो पक्षमा पारेकी उनले दोस्रो सेट ६–१ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढिन्।

यसैगरी डबल्सतर्फ नेपाली जोडीले सफलता प्राप्त गर्ने क्रममा महिला र पुरुष दुवै टोलीले भारतीय टोलीले पराजित गरेको थियो। महिला डबल्स तर्फको प्रतिस्पर्धामा नेपाली खेलाडी अभिलाष विष्ट र सलोनी तामाङको जोडीले नियती भारतीय कुक्रेती र सोहिनी सन्जयमोहीको जोडीलाई सुपरटाईमा पराजित गरे। पहिलो सेट १–६ मा गुमाएर दबाबमा रहेका नेपाली जोडीले दोस्रो सेट भने आफनो पक्षमा पार्दै लयमा फर्किए। दोस्रो सेट अभिषाला र सलोनीले ६–३ को सेटमा पन्छाएका थिए।

अन्तिम सेट भने सुपरटाईमा पुग्यो। अन्तिम सेटमा भारतीय खेलाडीलाक्ष्ई १२–१०ले लिँदै जितको खुशी मनाए। महिला तर्फकै अर्को प्रतिस्पर्धामा नेपालकी रायना शाह र प्रकृति श्रेष्ठको जोडीले भारतीयखेलाडी श्रीनिधि रेड्डी र तनुशको जोडीलाई ७–६(८), १–६ र १०–७ को सेटमा पन्छाउँदै यात्रालाई निरन्तरता दिए।

पुरुष तर्फको डबल्स प्रतिस्पर्धामा आर्यन गिरी र आरभसम्राट हाडाको जोडीले भारतीय निखिल मित्तल र आर्नभ यादवको जोडीलाई ४–६, ७–६(४) र अन्तिम सेट सुपरटाईमा १०–५ को सेटमा पराजित गरेका थिए।

पुरुष एकल तर्फको प्रतिस्पर्धामा हंगेरीका लोरेन्ट ग्योरीले अमेरिकाका सिदार्थ लामालाई ७–६(२), ६–२ को सेटमा पराजित गरे। त्यसैगरी स्वीडेनका एमिलियो जायलकोस्कीले अमेरिकाका मेथरी बारोटलाई ६–४, ६–३को सेटमा पराजित गरेका थिए। भारतीय खेलाडी चन्दन चौहानले डेनमार्कका अलेक्जेण्डर नर्दल क्लाउसेनलाई ७–५, ६–१को सेटमा पराजित गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७८ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App