१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

सेमिफाइनलमा एपिएफ क्लब

काठमाडौंको सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बेलबारी–११ स्थित लक्ष्मीमार्गमा शुक्रबार भएको खेलमा एपिएफले पश्चिम बंगाल सिलिगुडीको आमुक्त परिवाललाई ५–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो।

खेललाई पूरै आफ्नो पक्षमा राख्दै एपिएफले सजिलै फराकिलो गोल संख्यामा जित निकालेको छ। म्यान अफ द म्याच आशिष लामाले २, आभाष लामिछाने, प्रदीप लामा र सबिन गुरुङले १–१ गोल गर्दै टोलीलाई विजयी बनाए।

खेलको २२ औं मिनेटमा आभाष लामिछानेले गोल गर्दै अग्रता दिलाए। ४४ औं मिनेटमा प्रदीप लामाले गोल थपे। त्यस्तै आशिष लामाले ४९ र ८१ औं मिनेटमा टोलीका लागि गोल गरे। सबिन गुरुङले ७५ औं मिनेटमा गोल गरेका थिए।

शनिबार ए डिभिजन क्लब काठमाडौंको हिमालय शेर्पा र उदयपुरको गाईघाट फुटबल क्लबबीच प्रतिष्पर्धा हुने डाँगिहाट युथ क्लबले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७८ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App