२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालको यात्रा समूहचरणमै सीमित

बलका लागि प्रतिस्पर्धा गर्दै नेपालका मनीष डाँगी (रातो) र ताजिकिस्तानका खेलाडी। तस्बिरः एजेन्सी

नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ। बिहीबार सम्पन्न समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको हो।

खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो।

समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो। यता नेपालमाथिको जितपछि ताजिकिस्तानले भने शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ।

दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्र्र्दै दोस्रो स्थानमा छ। नेपाल र लेबनान लगातार दोस्रो खेलमा निराश बने।

यसअघि सोमबार भएको पहलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको थियो भने लेबनानले ताजिकिस्तानलाई १–० को नतिजा सुम्पिएको थियो।बिहीबार भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराएको थियो।

११ समूह रहेको छनोटचरणबाट प्रत्येक समूहको समूहविजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु २३ एसिया कपका लागि छनोट हुनेछन्। नेपालले अन्तिम खेलमा आइतबार लेबनानको सामना गर्नेछ।

प्रकाशित: १२ कार्तिक २०७८ ०३:१५ शुक्रबार

एएफसी यु–२३ एसियन कप आयोजक ताजिकिस्तान नेपालको यात्रा समूहचरणमै सीमित