२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आर्मीलाई उपाधि

त्रिभुवन आर्मी अफिसर गल्फ क्लबले काउन्ट ब्याकको आधारमा मंगलबार नेपाल टुरिजम कप गल्फ क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

गोकर्ण गल्फ क्लबमा भएको अन्तिम दिनको खेलमा घरेलु टोली गोकर्ण गल्फ क्लबसँग स्कोर बराबर भए पनि काउन्ट ब्याकको आधारमा त्रिभुवन आर्मीले उपाधि जितेको हो। कुल ३६ होलको खेलमा दुवै टोलीले कुल १२ ओभर ३०० को कार्ड बनाएका थिए। 

आर्मीको टोलीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण विजेता सुवास तामाङ र मेजर निश्चयजंग रायमाझी थिए। अन्तिम दिन १८ होलमा सुवासले दुई अन्डर ७० खेल्दा निश्चयले पाँच ओभर ७७ को कार्डमा खेले। त्यो प्रदर्शन नै आर्मीलाई उपाधि दिलाउन पर्याप्त बन्यो। अघिल्लो दिन दुई स्ट्रोकको अग्रता बनाएको गोकर्णबाट सद्भाव आचार्य र टासी छिरिङले खेलेका थिए।  

मंगलबार सद्भावले इभन पार ७२ को प्रदर्शन गरे। टासीले भने पाँच ओभर ७७ को कार्ड बनाए। पोखराको हिमालयन गल्फ क्लब कोर्स तेस्रो र धरान गल्फ क्लब चौथो भए। हिमालयनले कुल ४९ ओभर ३३७ स्कोर र धरानले ५२ ओभर ३४० स्कोर बटुले। 

एक स्ट्रोकले पछि परेको रोयल नेपाल गल्फ क्लब पाँचौं स्थानमा रह्यो। क्लब च्याम्पियनसिप कुल ३६ होलमा भएका थिए। बुधबारदेखि हुने कर्पोरेट गल्फ च्याम्पियनसिपमा ९२ गल्फरले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिता स्टेबलफर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा हुनेछन्। 

प्रकाशित: १३ आश्विन २०७८ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App